|
|
Smart Waling |
वालिङ नगरपालिकाले भर्चुअल माध्यमद्वारा नगर सभा गर्दै
संचार माध्यम तथा पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ: पूर्व मन्त्री अर्याल
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
दर्पण सहकारीको नवौं बार्षिक साधरण सभा सम्पन्न
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
भीरकोट उद्योग वाणिज्य संघको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट उद्योग वाणिज्य संघको अध्यक्षमा कोइराला सर्वसम्मत
स्मार्ट वालिङ संवाददाता, भीरकोट
पुस १०, २०७८
भीरकोट उद्योग वाणिज्य संघको दोस्रो अधिवेशबाट जगदीश प्रसाद कोइरालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ।गत कार्यकालमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी समाल्नुभएका कोइराला आगामी ३ वर्षको लागि अध्यक्ष पदको जिम्मेवारी समाल्नुहुनेछ।
आज सम्पन्न भएको बन्द सत्रमा सम्पूर्ण सदस्यहरु सर्वसम्मत निर्वाचित भएको उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष भक्त बहादुर के.सी.ले जानकारी दिनुभयो ।अधिवेशनले २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।अधिवेशनबाट नुवादत्त अर्याल वरिष्ठ उपाध्यक्षमा, चिन्तामणी चापागाईं प्रथम उपाध्यक्षमा, कमल त्रिपाठी द्वितीय उपाध्यक्षमा , चोपनारायण श्रेष्ठ महासचिवमा,पर्वत खाम्चा मगर सचिवमा, राजकुमार कर्माचार्य कोषाध्यक्षमा र कृष्ण बहादुर खत्री सहकोषाध्यक्षमा निर्वाचित हुनुभएको छ।

नवनिर्वाचित अध्यक्ष कोइरालाले अध्यक्षको जिम्मेवारी सर्वसम्मत प्रदान गर्नुभएकोमा उद्योग वाणिज्य संघका सम्पूर्ण पदाधिकारीहरूलाई धन्यवाद दिंदै ३ वर्षको कार्यकाल भित्र उद्योग वाणिज्य संघको नयाँ भवन निर्माण गर्ने तथा सदस्यहरूको संख्या २,००० पुर्याइ भीरकोट उद्योग वाणिज्य संघलाई नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध गराउने मुख्य कार्ययोजना रहेको बताउनुभयो।उहाँका यी दुबै योजना महत्वाकांक्षी र चुनौतीपूर्ण रहेको भएपनि सबै सदस्यहरूको साथ र सहयोग रह्यो भने असम्भव भने छैन।

|
Smart Waling |
पढ्न लाग्ने समय : < 1 मिनेट


